logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • अछाममा एमाले र समाजवादीबीच गठबन्धन

    अछाममा एमाले र समाजवादीबीच गठबन्धन

    4.9K
    Shares

    काठमाडौं । अछामको मेल्लेख गाउँपालिकामा नेकपा एमाले र एकीकृत समाजवादी पार्टीबीच गठबन्धन भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादी केन्द्रले आफूलाई अलग गरेपछि समाजवादीले एमालेसँग गठबन्धन गरेको हो ।

    दुई दलबीचको सहमतिपछि मेल्लेखमा अध्यक्षमा एमालेका भीमबहादुर खड्का र उपाध्यक्षमा एकीकृत समाजवादीकी समिता महर साउदलाई साझा उम्मेदवार बनाइएको छ।

    समाजवादीबाट अध्यक्षमा मनोनयन दर्ता गरेका डम्बर नेपाली र एमालेबाट उपाध्यक्षमा उम्मेदवार एमालेकी चन्द्रा बुढाले उम्मेदवारी फिर्ता लिएका छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend