logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • बैतडीमा ३४ जनाले लिए उम्मेदवारी फिर्ता

    बैतडीमा ३४ जनाले लिए उम्मेदवारी फिर्ता

    4.6K
    Shares

    बैतडी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बैतडीमा विभिन्न पदमा उम्मेदवारी दिएका एक हजार ४४२ जनामध्ये ३४ जनाले फिर्ता लिएका छन् । जिल्लाको पुर्चौडी नगरपालिकाबाहेक अन्य नौ स्थानीय तहका विभिन्न पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।

    फिर्ता लिनेमा पालिका प्रमुख, उपप्रमुखसहित ३४ जना रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिकामा सबैभन्दा बढी आठ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा पाँच वडाध्यक्ष र तीन वडा सदस्य रहेको निर्वाचन अधिकृत गोकुल बोहराले जानकारी दिए ।

    पञ्चेश्वर गाउँपालिकामा छ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा नेकपा (माओवादी केन्द्र)बाट उपाध्यक्षमा उम्मेदवारी दिएका रमेश पाण्डेय, उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएकी रेवती भट्टसहित छ जना रहेका छन् । मेलौली नगरपालिकामा पाँच उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । नगरप्रमुखका स्वतन्त्र उम्मेदवार लक्ष्मणसिंह महरासहित वडाध्यक्ष र सदस्य गरी पाँच जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

    यस्तै पाटन नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएका गणेशबहादुर चन्दले उम्मेदवारी फिर्ता लिएका छन् । उनिसहित एक वडाध्यक्ष्य र दुई वडा सदस्यले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत ईश्वरीदत्त जोशीले जानकारी दिए । डिलाशैनी गाउँपालिकामा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएकी पार्वती नेगी र एक महिला वडा सदस्यले उम्मेदवारी फिर्ता दिएका छन् ।

    सिगास गाउँपालिकामा पनि स्वतन्त्रबाट उपाध्यक्षका लागि उम्मेदवारी दिनुभएका गणेशसिंह धामीले उम्मेदवारी फिर्ता दिएका छन् । दशरथचन्द नगरपालिकामा एक वडाध्यक्ष र तीन वडा सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । सुर्नया गाउँपालिकामा वडा नं २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका तीन उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् भने शिवनाथ गाउँपालिकामा एक वडाध्यक्षका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend