झापा । झापाका दुई पालिकाबाट दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा नेकपा (एमाले) बाट उम्मेदवार बनेकी मेचीनगर नगरपालिका–११ का रञ्जिता नेपाली रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी नेपाली कांग्रेसबाट कचनकवल गाउँपालिका–४ की दलित महिला वडा सदस्य विजली दास निर्विरोध निर्वाचित भएका छन् । उनी दुवै जनाका प्रत्यासी उम्मेदवार नभएका कारण निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए।
दलित महिला सदस्य निर्विरोध
दमौली– तनहुँको देवघाट गाउँपालिकास्थित एक वडामा दलित महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । देवघाट गाउँपालिका–३ को दलित महिला सदस्यमा ४१ वर्षीया मनमाया विक निर्विरोध निर्वाचित भएका हुन् ।
उक्त वडाको दलित महिला सदस्यमा मनमाया विकको मात्रै उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिए। उनले नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराएका थिए । एकल उम्मेदवारी परेकाले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न बाँकी रहेको थापाले बताए।