logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • बागी उम्मेदवार पौडेललाई भरतपुरबासीको उपहार भुइँकटहर

    बागी उम्मेदवार पौडेललाई भरतपुरबासीको उपहार भुइँकटहर

    6.7K
    Shares

    काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरका बागी उम्मेदवार जगन्नाथ पौडेललाई भरतपुरबासीले भुइँकटहर उपहार दिएका छन् । आईतबार चुनावी प्रचारप्रसार कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै भरतपुरबासीले जितको शुभकामना सहित भुइँकटहर उपहार दिएका हुन् ।

    शनिबार पौडेलले चुनाव चिह्न भुइँकटहर प्राप्त गरेपछि रुखको सट्टामा सानो रसिलो रुख चुनाव चिह्न पाएकोमा खुसी लागेको प्रतिक्रिया दिएका थिए । भरतपुरमा पौडेलले नेपाली कांग्रेंसको झण्डा बोकेर चुनाव प्रचारप्रसार सुर गरेका छन् ।
    बिपीको शालिकलाई साक्षी राखेर भरतपुरलाई भ्रष्टाचारमुक्त समृद्ध सहर बनाउने संकल्प गरेको उनले बताए ।

    पौडेललाई मेयर बन्न प्रस्ताव गरेका कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटाले पार्टीको कारबाहीले आफू विचलित नभएको बताए । उनले जनताले स्वतन्त्रतापूर्वक मतदान गर्न पाउनु लोकतन्त्र भएको भन्दै पार्टीले सत्ताको लोभमा माओवादीसँग गठबनधन गरेर हुकुम लादेको आरोप लगाए ।

    पूर्वसांसद भीमबहादुर श्रेष्ठले राजनीति सेवा हो भन्ने प्रतिबद्धताका साथ बिपी कोइरालाको अगाडि उभिएर विचलित नहुने कसम खाएको बताए । शुक्रबार उम्मेदवारी फिर्ता नगरेपछि मेयरका उम्मेदवार पौडेल, प्रस्तावक सापकोटा र समर्थक कांग्रेसकी महासमिति सदस्य मिना खरेल स्वतः निलम्बनमा परेका छन् ।

    पाँच दलीय गठबन्धनले भरतपुरको मेयर माओवादी केन्द्रलाई दिनेगरी भागबण्डा गरेपछि नेपाली कांग्रेस चितवनमा ठूलो असन्तुष्टि देखिएको थियो । त्यो असन्तुष्ट समूहको प्रतिनिधित्व गर्दै पौडेलले भरतपुरको मेयरमा उम्मेदवारी दिएका थिए ।

    उनको उम्मेदवारी फिर्ता गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहित सरकारका प्रभावशाली मन्त्रीहरू नै सक्रिय भएका थिए। तर पौडेल उम्मेदवारी फिर्ता लिन नसक्ने अडानमा थिए ।

    भरतपुरको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार छन् । ३० जनाले मेयरका लागि उम्मेदवारी दिएकोमा बिहीबार ३ जनाले फिर्ता लिएका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend