बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

भरतपुर : स्वतन्त्र उम्मेदवार पौडेलसँग एउटै मञ्चमा बहस गर्न रेनुद्धारा अस्विकार

भरतपुर : स्वतन्त्र उम्मेदवार पौडेलसँग एउटै मञ्चमा बहस गर्न रेनुद्धारा अस्विकार

चितवन । भरतपुर महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलसँग चुनावी बहस गर्न रेनु दाहालले अस्विकार गरेकी छन् । भरतपुर महानगरपालिकाको मेयर उम्मेदवारलाई सँगै राखेर चुनावी एजेण्डामा बहस गर्ने कार्यक्रमका लागि एक टेलिभिजनले गरेको आग्रहलाई रेनुले अस्विकार गरेकी हुन् ।

भरतपुर महानगरमा नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार छन् भने सत्ता गठबन्धनले माओवादी नेतृ रेनु दाहाललाई उम्मेदवार बनाएको थियो । तर रेनुलाई उम्मेदवार बनाएपछि भरतपुरको असन्तुष्ट कांग्र्रेस पक्षले स्वतन्त्र उम्मेदवारको रुपमा जगन्नाथ पौडेललाई मेयरमा उठाएको छ ।

जसबाट असन्तुष्ट बनेकी रेनु दाहालले पौडेलसँग एउटै मञ्चमा बहस कार्यक्रम गर्न अस्विकार गरेको भरतपुर कांग्रेस नेता सुर्य बस्नेतले जानकारी दिए ।

कार्यक्रममा विजय सुवेदी र जगन्नाथ पौडेलको मात्रै उपस्थिती रहने भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend