सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

निर्वाचन सम्बन्धी सन्देशमूलक टिकटक भिडियो बनाएर ५० लाख ‘भ्युज’ पु¥याउनेलाई ५० हजार पुरस्कार !

निर्वाचन सम्बन्धी सन्देशमूलक टिकटक भिडियो बनाएर ५० लाख ‘भ्युज’ पु¥याउनेलाई ५० हजार पुरस्कार !

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्युज’ पु¥याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ । ३० लाख भ्युज पु¥याउनेलाई ३० हजार र २० लाख भ्युज पु¥याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ ।

टिकटक भने आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोकै स्वरूपमा बनाउनु पर्नेछ । आयोगका अनुसार टिकटक बनाएपछि २९ वैशाखभित्र फेसबुक, युटयुब, टिकटक लगायत सामाजिक सञ्जालहरूमा पोष्ट गर्ने र सेयर गर्नुपर्नेछ ।

यसअघि एमाले लगायत केही राजनीतिक दलहरूले पनि पार्टीको निर्वाचन प्रचारसम्बन्धी उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कृत गर्ने घोषणा गरेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend