बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

एमाले क्विन्टल भएपनि आलु हो तर गठबन्धन एक तोला मात्र भएपनि सुन हो: महामन्त्री शर्मा

एमाले क्विन्टल भएपनि आलु हो तर गठबन्धन एक तोला मात्र भएपनि सुन हो: महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमाले एक्लै क्विन्टल भएको एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई इंगित गर्दै गठबन्धन एकरएक तोला मात्र भएपनि सुन भएको जिकिर गरेका छन् । केही दिनअघि नेकपा एमालेका अध्यक्ष ओलीले एक सार्वजनिक कार्यक्रममा गठबन्धनका ५ दल एक एक किलोको ढक भएको र नेकपा एमाले एक्लै क्विन्टल भएको अभिव्यक्ति दिएका थिए । त्यसप्रति इंगित गर्दै महामन्त्री शर्माले नेकपा एमाले एक क्विन्टल आलु भएको तर गठबन्धन एकरएक तोला मात्र भएपनि सुन भएको जिकिर गरेका हुन् ।

महामन्त्री शर्माले नेकपा एमालेले बाहिर एक्लै भिड्न तयार रहेको अभिव्यक्ति दिएपनि भित्रभने कमल थापासँग तालमेल गरिरहेको बताए । उनले काठमाडौं महानगरपालिकामा यस पटक सिर्जना सिंहको नेतृत्वमा बहुसंख्यक जित दर्ता गर्ने दाबी गरे । महामन्त्री शर्माले काँग्रेसले तालमेलबाट पहिलो भएर शक्ति सञ्चय गर्न चाहेको र त्यसपछिका निर्वाचनमा रुख चिन्हलाई विजयी गराएर १५ वर्षभित्रमा नेपाललाई विकासशील बनाउने प्रतिवद्धता जनाए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend