logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • महानगरभित्रका श्रमिक महिलाहरुका लागि विशेष राहत योजना ल्याउछौँ: सिर्जना सिंह

    महानगरभित्रका श्रमिक महिलाहरुका लागि विशेष राहत योजना ल्याउछौँ: सिर्जना सिंह

    7.1K
    Shares

     

    काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर पदको उम्मेदवार सिर्जना सिंहले महानगरभित्रका श्रमिक महिलाहरुका लागि विशेष राहत योजना ल्याउने बताएकी छन् । आइतवार बानेश्वरमा काठमाडौं महानगरपालिकाका उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सिंहले श्रमिक महिलाहरुलाई राज्यले बेवास्ता गरेको बताईन् ।

    उनले महिलाहरुले बिहानदेखि बुलुकीसम्म घरमै काम गरेर बस्ने भएपनि राज्यले श्रमको मुल्यांकन नगरेको बताईन् । उनले आफु काठमाडौं महानगरपालिकाको मेयर भएको खण्डमा गरिबीको रेखा मुनि रहेको श्रमिक महिलाहरुको निम्ति विशेष राहत योजना ल्याउने बताईन् । त्यसैगरी बेरोजगार युवाहरुका लागि डिजिटल प्रविधिको प्रयोगगरी सिपमुलक तालिक दिने र उद्यमी बनाउने पनि उनले उल्लेख गरिन् ।

    उनले श्रमिक महिलाहरुका बालबच्चाका लागि महानगरभित्रका ९१ वटा सामुदायिक विद्यालयहरुमा शिशु स्याहार केन्द्र बनाउने पनि बताईन् । त्यसैगरी महानगरले युवा क्लवहरुसँग सहकार्य गरी युवाहरुलाई खेलकुदतर्फ आर्कषित गर्ने पनि उनले बताईन् । सिंहले प्रत्येक सार्वजनिक स्थलमा निःशुल्क खानेपानी र शौचालयको व्यवस्था गर्ने पनि उल्लेख गरिन् । उनले प्रत्येक वडाको गल्ली–गल्लीमा बिजुली बत्ति बालेर र सिसी क्यामेरा जडान गरेर महिलाहरुका लागि सुरक्षित अनुभुति गराउने पनि बताईन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend