बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

देश विकासको कामलाई तीव्रता दिन केपी ओली पुनः प्रधानमन्त्री बन्नुपर्छ: सुनीता डंगोल

देश विकासको कामलाई तीव्रता दिन केपी ओली पुनः प्रधानमन्त्री बन्नुपर्छ: सुनीता डंगोल

काठमाडौं । नेकपा (एमाले)को तर्फबाट काठमाडौं महानगरपालिकाको उपप्रमुखकी उमेदवार सुनीता डंगोलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानबाट आफू प्रभावित भएको बताएकी छन् । आज (आइतबार) काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

उनले देश विकासको कामलाई तीव्र गतिमा लैजान एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्नुपर्नेमा जोड दिइन् ।

“समृद्ध नेपाल, सुखी नेपालीको नाराबाट नै म प्रभावित भएको हुँ । फेरि विकासको लहर आउनुपर्छ । नेकपा (एमाले)को नेतृत्वमा सरकार बनाउनुपर्छ । पुनः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुपर्छ,” उनले भनिन्, “देश विकासमा भएका कामलाई तीव्र गतिमा लैजान सक्छौँ । समृद्ध नेपाल, सुखी नेपालीलाई नारामा होइन, यथार्थमा बदल्न यो आवश्यक छ ।”

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend