बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

मेयर निर्वाचित भए भ्रष्टाचार गर्ने कर्मचारीलाई तुरुन्तै निष्कासन गर्छु: केशव स्थापित

मेयर निर्वाचित भए भ्रष्टाचार गर्ने कर्मचारीलाई तुरुन्तै निष्कासन गर्छु: केशव स्थापित

 

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भए भ्रष्टाचार गर्ने कर्मचारीलाई तुरुन्तै निष्कासन गर्ने बताएका छन् । उनले आइतबार श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

स्थापितले १०० दिनभित्र आधारभूत समस्या समाधान गरेर प्रशासनिक सुधारको काममा लाग्ने बताए । उनले निर्वाचित भएको ९९ दिनसम्म आम नागरिकलाई समस्या सुनाउने समय दिने र आधारभूत समस्या समाधान गरेर प्रशासनिक सुधारमा लाग्ने बताए ।

उनले सर्वसाधारणले कुनै कर्मचारीले घुस मागेको प्रमाणसहित उजुरी गरेमा त्यस्ता कर्मचारीलाई तुरुन्तै निष्कासन गर्ने बताएका छन् । कर्मचारीले भ्रष्टाचार गरेको प्रमाण ल्याए त्यसै दिन निष्कासन गर्छौं, त्यसपछि बरु लड्न जाऔंला’ उनले भने ।

काठमाडौं देशभरका वासिन्दा बस्ने ठाउँ भएको भन्दै उनले काठमाडौंमा आउनेहरु सबैलाई समान व्यवहार गर्ने र रोजगारीको व्यवस्था गर्ने बताए ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend