logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • प्रहरीमा तोडियो ‘चेन अफ कमाण्ड’ दुई एआईजी अदालत जादै, दोहोरिएला त ०७३ साल ?

    प्रहरीमा तोडियो ‘चेन अफ कमाण्ड’ दुई एआईजी अदालत जादै, दोहोरिएला त ०७३ साल ?

    5.1K
    Shares

    काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरे संगै प्रहरीमा चेन अफ कमाण्ड तोडिएको छ ।

    नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षक (आईजी) बढुवामा गृहले लागेको प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठता मिचेर १६ महिना जुनियर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई आईजी बनाउने अड्डी कसेपछि प्रहरीमा चेन अफ कमाण्ड तोडिएको हो ।

    सिंहलाई एआईजीको फुली लगाईदिएका वरीयतामा अगाडि रहेका दुई एआईजीलाई मिच्दै सरकारले १६ महिना जुनियरलाई आईजीपी बढुवाको निर्णय गर्नु असामान्य भएको भन्दै प्रहरी वृत्तमा चर्चा सुरू भएको छ ।

    सिंह गत महिना मात्र एआईजीमा बढुवा भएका थिए । २०७७ मंसिरमा एआईजी भएका विश्वराज पोखरेल र २०७८ असारमा एआईजी भएका सहकुल थापाभन्दा धिरजप्रताप जुनियर हुन् ।

    सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि दुई सिनियर प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० ले अदालत जाने तयारी गरेका छन् ।

    ‘नेपाल प्रहरीको इतिहासमै यति धेरै अन्याय पूर्ण निर्णय नभएको भन्दै दुई एआईजी अदालत जाने तयारीमा रहेको प्रहरी स्रोतले जानकारी दियो ।

    देउवा सरकारले यस अघि २०७३ सालमा पनि वरियता मिचेर आईजीपीमा बढुवा गरेको सरकारको निर्णय सर्बोच्च अदालतले बदर गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend