logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • स्थापितको चुनाव जितेजस्तो अभिव्यक्ति : सेलिब्रेशन समय ६ देखि राती बाह्र, उपहार नल्याउन आग्रह

    स्थापितको चुनाव जितेजस्तो अभिव्यक्ति : सेलिब्रेशन समय ६ देखि राती बाह्र, उपहार नल्याउन आग्रह

    5.4K
    Shares

    काठमाडौं । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले मेयर भएको भोलिपल्टबाटै नागरिकको पीडालाई सुनेर तत्काल सम्बोधन हुनेगरी काममा लाग्ने बताएका छन् ।

    स्थापितले मेयरले ६ महिनासम्म सगुन खाएर हिँडेको आफूले देखेको उल्लेख गर्दै आफूले भने एकै दिनमा सो काम सकाएर महानगरवासीको सेवाको काममा लाग्ने बताए । आईतबार अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा स्थापितले सगुन खाँदा पनि झोल नखाने भन्दै नल्याउन पनि सबैलाई आग्रह गरे ।

    उनले पानी ल्याउने, विष्कुट ल्याउने अनि बाँडेर सगुन खाने र मेयर भएको पर्सीपल्टबाट काम सुरु गर्ने बताए ।

    मेयरका उम्मेदवार स्थापितले भन्नु भयो, ‘विभिन्न ठाउँबाट आएका मानिसहरुलाई काठमाडौंमा संरक्षण गर्न अगुवाई गर्नेछु । मैले एक दिन केही मान्छेहरुलाई देख्या छु–६ महिनासम्म काम भनेको सगुन खाने भन्छ । साँझ परेपछि चुस्स लाछ । फोन अफ ग¥या छ । जहिले पनि सगुन खाछ, अण्डा खाछ । माछा खाछ । ठूल्ठूला कुरा ग¥या छ । हुँदैन, जितको भोलीपल्ट ६ बजेदेखि राति बाह््र बजेसम्म सेलिब्रेशन हुन्छ । जति आउने त्यही दिन आउनू प¥यो । मेरो आमाजस्तो हुर्काको दिदी हुनुहुन्छ । उहाँ कहाँ ढोग गरेर आउने र सगुन खाने । त्यसमा अण्डा अरुलाई खुवाउने । आफूले धेरै खायो भने खाने बानी लाग्छ । होस त गर्नु प¥यो नि । त्यसरी खानेबानी ठिक हुँदैन । बाँडचुड गरेर एक दिन सगुन खाने । भोलीपल्टबाट आम नागरिकको पीडालाई सुनेर काम गर्ने हो ।’

    स्थापितले आफू मेयर भएपछि उपहार नल्याउन पनि सबैलाई आग्रह गरे । काठमाडौं महानगरपालिकालाई सबै नागरिकको सम्मान र सुरक्षा प्रदान गर्ने थलोको रुपमा आफूले विकास गर्न चाहेको मेयरका उम्मेदवार स्थापितको भनाई छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend