बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

महानगर र भक्तपुरका नगरको लागि आयोगले छुट्टै मतपत्र छपाउँँदै

महानगर र भक्तपुरका नगरको लागि आयोगले छुट्टै मतपत्र छपाउँँदै

काठमाडौं । निर्वाचन आयोगले देशका ६ महानगरपालिका र भक्तपुर जिल्लामा रहेका नगरपालिकाहरुका लागि छुट्टै मतपत्र छाप्न सुुरु गरेको छ ।

आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपत्र छपाईको काम अन्तिम चरणमा पुगेको बताए ।

यसैबीच महानगरपालिकाका लागि छपाई भइरहेको मतपत्रमा कुनै दलले कुनै वडामा मात्र उम्मेदवार दर्ता गरेको भएपनि सो दलको चिन्ह प्रमुख पददेखि वडा सदस्यसम्मको लहर छापिने जानकारी दिए ।

प्रवक्ता पौडेलले आयोगले सामाजिक सञ्जाल दुरुपयोग भए नभएको हेर्न आइटी टिम बनाएको र अनुगमनको काम भइरहेकोे पनि जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend