logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेससँग देश विकास गर्ने कुनै नीति छैन, एमालेलाई धारेहात लगाउने नीति मात्रै छ: अध्यक्ष ओली

    कांग्रेससँग देश विकास गर्ने कुनै नीति छैन, एमालेलाई धारेहात लगाउने नीति मात्रै छ: अध्यक्ष ओली

    8.9K
    Shares

     

    मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग देश विकास गर्ने कुनै नीति नभएको बताएका छन् । आज आइतवार पार्टीले हेटौँडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

    कांग्रेसले आफ्नो घोषणापत्रमा पार्टी सभापति शेरबहादुर देउवाको नाम आठ ठाउँमा र प्रतिपक्ष पार्टीको अध्यक्षको नाम ४२ ठाउँमा लेखेको छ भन्दै ओलीले भने, ‘कांग्रेसले पनि जता हेरे पनि एमाले मात्रै देखिरहेको छ । कांग्रेससँग देश बनाउने नीति नै छैन । एमालेलाई गाली गर्ने र धारेहात लगाउने मात्रै नीति छ उसको, एमालेले प्रतिपक्षलाई गाली गर्दैन, हामी देश बनाउने योजना बनाउनमै व्यस्त छौँ ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend