सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

अछाममा जीप दुर्घटना, एसईई दिएर घर फर्केका दर्जनाै‌ विद्यार्थी घाइते

अछाममा जीप दुर्घटना, एसईई दिएर घर फर्केका दर्जनाै‌ विद्यार्थी घाइते

अछाम । एसईई दिएर घर फर्किँदै गरेका विद्यार्थी चढेको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । अछामको मेल्लेख गाउँपालिका ५ सरानीमा भएको दुर्घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

से १ज ९६५ नम्बरको जीप दुर्घटनामा विद्यार्थीहरु घाइते भएको अछामको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । साँफेबगरमा एसईई परीक्षा दिएर ठाँटीतर्फ जाँदै गरेको जीप भीरबाट तल खसेको हो ।

घाइते सबैको वयालपाटा अस्पतालमा उपचार भइरहेको छ । जीप चालक मोती खड्का फरार रहेको प्रहरीले जनाएको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend