logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • आचार–संहिताविपरीत चुनावी प्रचारमा तिलोत्तमाका मेयर, भन्छन्– मलाई कसले रोक्छ ?

    आचार–संहिताविपरीत चुनावी प्रचारमा तिलोत्तमाका मेयर, भन्छन्– मलाई कसले रोक्छ ?

    5.4K
    Shares

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले निर्वाचन आचार–संहिताविपरीत चुनावी प्रचार–प्रसारमा होमिएका छन् । निर्वाचन आचारसंहिताविपरीत तिलोत्तमाको नगरप्रमुख पदमा बहाल रहेकै अवस्थामा उनी नेकपा एमाले तिलोत्तमा नगर कमिटिको निर्वाचन परिचालन कमिटिको संयोजक बनेका हुन् ।

    एमाले उम्मेदवार मोहन चापागाई र जागेश्वरीदेवी चौधरीको प्रचारमा खटिएका उनले एमाले निर्वाचन प्रचारप्रसार कमिटीले आइतबार राति आयोजना गरेको पत्रकार सम्मेलनमा आचारसंहिता उल्लंघन गरेवापत् कारबाही गर्न निर्वाचन आयोगलाई चुनौती दिए ।

    पत्रकार सम्मेलनमा उनले चुनौती दिदै भने–‘मैले निर्वाचन आचार – संहिता उल्लंघन गरिरहेको छु, पार्टीको निर्वाचन परिचालन कमिटीको संयोजक बनेको छु, मैले आचारसंहिता उल्लंघन गर्दा कारबाही गर्नसके गरे हुन्छ ।’

    तिलोत्तमामा एमालेका प्रमुख उपप्रमुख उम्मेदवारसँग गरिएको पत्रकार सम्मेलनको अध्यक्षता गरेका उनले आचारसंहिता उल्लंघन गर्नु सामान्य भएको बताए । उनले भने–‘म पार्टीको कार्यकर्ता हुुँ र अहिले म नगरप्रमुख पनि हुँ, मलाई पार्टीले जिम्मा दियो, म निर्वाचन परिचालन कमिटीमा छु, कसैले यसले आचारसंहिता उल्लंघन गर्‍यो भन्ने लाग्छ भने कारबाही गर्नुस् ।’

    उनले अहिले पनि आफू नगरप्रमुख रहेकाले मतदाता प्रभावित गर्ने गरी जुनसुकै योजना ल्याउन पनि सक्ने बताए । ‘मैले अहिले बजेट खर्च हुने काम नगरौला, तर मतदाता प्रभावित गर्ने गरी जुनसुकै घोषणा गर्नसक्छु, मैले घोषणा गरिदिए पुग्छ, मलाई कसले रोक्छ ?’

    पत्रकार सम्मेलनमा उनले चुनौती दिदै भने–‘मैले निर्वाचन आचार–संहिता उल्लंघन गरिरहेको छु, पार्टीको निर्वाचन परिचालन कमिटीको संयोजक बनेको छु, मैले आचारसंहिता उल्लंघन गर्दा कारबाही गर्नसके गरे हुन्छ ।’

    तिलोत्तमामा एमालेका प्रमुख उपप्रमुख उम्मेदवारसँग गरिएको पत्रकार सम्मेलनको अध्यक्षता गरेका उनले आचारसंहिता उल्लंघन गर्नु सामान्य भएको बताए । उनले भने–‘म पार्टीको कार्यकर्ता हुुँ र अहिले म नगरप्रमुख पनि हुँ, मलाई पार्टीले जिम्मा दियो, म निर्वाचन परिचालन कमिटीमा छु, कसैले यसले आचारसंहिता उल्लंघन गर्‍यो भन्ने लाग्छ भने कारबाही गर्नुस् ।’

    उनले अहिले पनि आफू नगरप्रमुख रहेकाले मतदाता प्रभावित गर्ने गरी जुनसुकै योजना ल्याउन पनि सक्ने बताए । ‘मैले अहिले बजेट खर्च हुने काम नगरौला, तर मतदाता प्रभावित गर्ने गरी जुनसुकै घोषणा गर्नसक्छु, मैले घोषणा गरिदिए पुग्छ, मलाई कसले रोक्छ रु’

    उनले पत्रकार सम्मेलनमा आफूले गरेका राम्रा कामको प्रचार नगरिदिएर आलोचना गरेको भन्दै पत्रकारहरूप्रति असन्तुष्टि व्यक्त गरेका थिए । उनले भने, ‘तपाइँहरूले विपक्षीहरूको कुरा सुन्नुभएको छ, अझै पनि म नै नगरप्रमुख हुँ, म जे पनि निर्णय गर्नसक्ने अधिकार राख्छु, मेरा कामका बारेमा लेखिदिनुहोला ।’

    उनले चुनावमा उम्मेदवार बनेका प्रतिष्पर्धीहरूको समेत आलोचना गर्दै तिलोत्तमामा चुनाव जित्ने सपना नदेख्न आग्रह गरेका थिए ।

    प्रमुख घिमिरेसँगै तिलोत्तमा नगरपालिकाका प्रवक्ता रहेका सुरेन्द्र श्रीले पनि आचार–संहिताविपरीत जिम्मेवारी लिएका छन् । उनी नगरको जनप्रतिनिधितर्फको प्रवक्ता बहाल रहेकै अवस्थामा एमाले निर्वाचन प्रचारप्रसार समितिको जिम्मेवारी लिएका हुन् ।

    पत्रकार सम्मेलनमा उम्मेदवारहरू मोहन चापागाइँ र जागेश्वरीदेवी चौधरीले आफूले गरेका प्रतिवद्धता पूरा गर्ने बताएका थिए ।

    यस विषयमा रुपन्देहीका प्रमुख निर्वाचन अधिकृत धनसिंह महरले आयोगमा कुनै उजुरी नआएको प्रतिक्रिया दिए । उजुरी आए आयोगले आवश्यक प्रक्रिया अघि बढाउने उनले बताए । आचार संहिता त सबैले पालना गर्नुपर्छ। उजुरी आएका ठाउँमा हामीले सचेत पारेका छौँ, उनले भने, तिलोत्तमाको विषयमा उजुरी आए हामी हेर्छौं । उनले आचार संहिता पालना गरेर निर्वाचनलाई मर्यादित बनाउन सबैलाई आग्रह गरे ।

    उनले पत्रकार सम्मेलनमा आफूले गरेका राम्रा कामको प्रचार नगरिदिएर आलोचना गरेको भन्दै पत्रकारहरूप्रति असन्तुष्टि व्यक्त गरेका थिए । उनले भने, ‘तपाइँहरूले विपक्षीहरूको कुरा सुन्नुभएको छ, अझै पनि म नै नगरप्रमुख हुँ, म जे पनि निर्णय गर्नसक्ने अधिकार राख्छु, मेरा कामका बारेमा लेखिदिनुहोला ।’

    उनले चुनावमा उम्मेदवार बनेका प्रतिष्पर्धीहरूको समेत आलोचना गर्दै तिलोत्तमामा चुनाव जित्ने सपना नदेख्न आग्रह गरेका थिए ।

    प्रमुख घिमिरेसँगै तिलोत्तमा नगरपालिकाका प्रवक्ता रहेका सुरेन्द्र श्रीले पनि आचार–संहिताविपरीत जिम्मेवारी लिएका छन् । उनी नगरको जनप्रतिनिधितर्फको प्रवक्ता बहाल रहेकै अवस्थामा एमाले निर्वाचन प्रचारप्रसार समितिको जिम्मेवारी लिएका हुन् ।

    पत्रकार सम्मेलनमा उम्मेदवारहरू मोहन चापागाइँ र जागेश्वरीदेवी चौधरीले आफूले गरेका प्रतिवद्धता पूरा गर्ने बताएका थिए ।

    यस विषयमा रुपन्देहीका प्रमुख निर्वाचन अधिकृत धनसिंह महरले आयोगमा कुनै उजुरी नआएको प्रतिक्रिया दिए । उजुरी आए आयोगले आवश्यक प्रक्रिया अघि बढाउने उनले बताए । आचार संहिता त सबैले पालना गर्नुपर्छ। उजुरी आएका ठाउँमा हामीले सचेत पारेका छौँ, उनले भने,तिलोत्तमाको विषयमा उजुरी आए हामी हेर्छौं । उनले आचार संहिता पालना गरेर निर्वाचनलाई मर्यादित बनाउन सबैलाई आग्रह गरे ।

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend