logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भ्रष्टाचारमा शून्य सहनशीलता कायम राख्नेछु : आईजिपी सिंह

    भ्रष्टाचारमा शून्य सहनशीलता कायम राख्नेछु : आईजिपी सिंह

    8.1K
    Shares

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरीको साङ्गठनिक क्रियाकलापलाई प्रक्रियागत र पारदर्शी बनाएर लैजाने प्रतिबद्धता जनाएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित दज्र्यानी चिह्न सुशोभन समारोहमा नवनियुक्त आईजीपी सिंहले भने–‘भ्रष्टाचारमा शून्य सहनशीलता कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

    वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनलाई भयरहित र सुरक्षित गराउन सुरक्षा योजना बनाएर लागु गरिएको जानकारी दिँदै सिंहले भने–‘शान्तिपूर्ण चुनाव गराउन प्रतिबद्ध छु ।’ मानव अधिकारको संरक्षण र संवर्द्धन गर्दै विधिको शासन स्थापना गरेर आर्थिक संवृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा प्रहरी संगठन प्रतिबद्ध रहेको उनले बताए ।

    नेपाल प्रहरीको बल भनेको त्यहाँ कार्यरत व्यावसायिक प्रहरी कर्मचारी भएको उल्लेख गर्दै आईजीपी सिंहले उनीहरू सक्षम र व्यावसायिक भए मात्र अपराध नियन्त्रण गर्न सकिने बताए । उनले भने–‘सहर केन्द्रित अपराधका चुनौती सामान गर्न प्रहरीलाई आधुनिकीकरण गर्नुको विकल्प छैन ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend