बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा ८ जनाको मृत्यु

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा ८ जनाको मृत्यु

सिन्ह्वा/रासस । सोमबार बिहान मेट्रो मनिलाको स्टेट युनिभर्सिटी क्याम्पसको एक आवासीय क्षेत्रमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ। फायर प्रोटेक्शन ब्युरोका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय रेडियोले जनाएअनुसार स्थानीय बिहान ५ बजे क्वेजोन शहरको उपनगरमा रहेको युनिभर्सिटी अफ फिलिपिन्स परिसरमा आगलागी हुँदा पीडितहरू आफ्नै निवासमा फसेका थिए।

मृत्यु हुनेमा बालबालिकासहित छ जना छन् । आगलागीबाट करिब ८० घर जलेर नष्ट भएको र २५० परिवार प्रभावित भएको जनाइएको छ । आगलागीबाट बच्न केही बासिन्दाहरू जलिरहेको घरबाट हाम फालेर भाग्दा घाइते भएका छन्।
करिब दुई घण्टापछि दमकलले आगो निभाएको थियो ।

ब्युरोले आगलागीको कारण बारे आधिकारिक सूचना जारी गरेको छैन।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend