बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

गुल्मीमा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

गुल्मीमा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा विद्युतको पोल बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीकाअनुसार इस्मा गाउँपालिका–२ छल्दीमा विद्युत पोलमा चढेर मर्मत गर्ने क्रममा करेन्ट लागी स्थानीय ४० वर्षीय गोकर्ण थापाको मृत्यु भएको हो ।

 

उनी करेन्ट लागेर घाइते भएका थिए । उपचारका लागि भैरहवामा लैजाने क्रममा आज बिहान बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend