logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेता भीम रावलको प्रश्न: विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन ?

    नेता भीम रावलको प्रश्न: विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन ?

    4.7K
    Shares

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राजपत्रमा छापिएकोमा आश्चर्य प्रकट गरेका छन् । ‘एमसीसीसँगको सम्झौता नेपाल राजपत्रमा छापिएछ ।

    के अरु देशसँगका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ?,’ सामाजिक सञ्जाल ट्वीटरमा आज आफै प्रश्न गर्दै आफै जवाफ दिएका छन्, ‘छैन ।’

    उनले लेखेका छन्, ‘‘एमसीसीसंगको सम्झौता नेपाल राजपत्रमा छापिएछ।के अरु देशसंगका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन? छैन। यहीबाटै नेपालको मामिला, कानून र अधिकारमा हस्तक्षेपको खेल शुरु हुन्छ।अब अरु राष्ट्रघाती प्रावधान कसरी लागु हुन्छन् हेरौं।अनुमोदनबारे पठाएको पत्र सार्वजनिक होस्।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend