logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मकवानपुरमा निर्वाचनको तयारी तीव्र

    मकवानपुरमा निर्वाचनको तयारी तीव्र

    6.4K
    Shares

    काठमाडाै‌ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा तयारी तीव्ररुपमा चलिरहेको छ । उम्मेदवारले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । पार्टीको झण्डा, ब्यानर तथा चुनाव चिन्हसहित जुलुसका साथ उम्मेदवार टोलटोल तथा घरघरमा पुग्न थालेका छन् । उम्मेदवारले आफ्नो पार्टीको प्रतिबद्धता र घोषणपत्र लिएर जनतालाई रिझाउन थालेका छन् ।

    मकवानपुरको १० स्थानीय तहको ग्रामीण तथा दुर्गम क्षेत्रमा निर्वाचनको चहलपहल ह्वात्तै बढेको छ । घरदैलो कार्यक्रम शान्तिपूर्णरुपमा भइरहेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार तीन लाख २५ हजार मतपत्र आइपुगेको छ । निर्वाचनका लागि आवश्यक सामग्री प्रदेश निर्वाचन कार्यालयबाट ल्याउन बाँकी छ ।

    प्रदेश निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत लुम्वनाथ पोखरेलका अनुसार मतपत्र मतदानस्थलमा यही वैशाख २७ गतेसम्म वितरण गरिने छ । निर्वाचनमा खट्निे मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिमको आयोजना गर्ने तयारी भइरहेको छ । निर्वाचनमा जिल्लामा करिब एक हजार ८०० भन्दा बढी कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    जिल्लामा दुई लाख ९४ हजार ९१९ मतदाता छन् । स्थानीय तह प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी कूल ५३० पदका लागि निर्वाचन हुँदै छ । जिल्लामा १६५ मतदानस्थल र ३५६ मतदान केन्द्र कायम गरिएको छ । विसं २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा दुई लाख २६ हजार ७५९ मतदाता थिए ।


    रासस
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend