logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • महालक्ष्मी नगरपालिकामा एमालेको घरदैलो कार्यक्रममा जे देखियो (फोटोफिचर)

    महालक्ष्मी नगरपालिकामा एमालेको घरदैलो कार्यक्रममा जे देखियो (फोटोफिचर)

    6.4K
    Shares

    काठमाडौं । स्थानिय निर्वाचनको दिन नजिकिदै जाँदा उम्मेदवारले पनि घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् । ललितपुर महालक्ष्मी नगरपालिकामा पनि नेकपा एमालेका उम्मेदवारहरुले निरन्तर घरदैलो गरिरहेका छन् । नगर प्रमुख पदका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुख पदका उम्मेदवार विना केसी सुवेदी उम्मेदवारी मनोनयनपछि निरन्तर घरदैलोमा व्यस्त छन् ।

    सोमबार वर्तमान नगर प्रमुख रामेश्वर श्रेष्ठ, एमाले जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य, एमाले निकट राष्ट्रिय उद्योग व्यवसाय महासंघका उपमहासचिव सुवर्ण श्रेष्ठ लगायतका नेताहरुको उपस्थितिमा सोमबार महालक्ष्मी नगरपालिका वडा नम्बर २ र ३ मा घरदैलो सम्पन्न भएको छ ।

    करिव चार घण्टा चलेको घरदैलोमा उपस्थिति सयौं एमाले नेता कार्यकर्ताहरु नारा, गीतसहित टोल टोल पुगेका थिए ।
    एमालेको घर दैलोलाई टोल टोलमा स्थानीयले स्वतस्फुर्त स्वागत गरेका थिए । ठाउँ ठाउँमा घडा राखिएको थियो ।
    समाजका अगुवा, विभिन्न पेसा व्यवसायकर्मीहरुले नगर प्रमुख पदका उम्मेदवार श्रेष्ठसहितलाई स्वागत र आशिर्वाद दिएका थिए ।

    पूर्वडिआइजी गणेश केसीले टिका र खादा लगाएर अग्रीम विजयको शुभकामना दिएका थिए । महालक्ष्मीमा नेपाली कांग्रेसले माओवादीसँग गरेको गठबन्धनसँग असन्तुष्ट रहेका केसीले एक साताअघि मात्रै पार्टी परित्याग गरेका थिए ।

    नगर प्रमुख पदका उम्मेदवार हरिगोविन्द श्रेष्ठले महालक्ष्मीमा जनताले गरेको स्वागतले आफूलाई उत्साही बनाएको बताए । ‘हामी विजय नजिक छौं, एमालेको विजयलाई महालक्ष्मीमा कसैले छेक्न सक्दैन,’ उनले भने, ‘शान्त, व्यवस्थित र अनुशासित भएर हामीले घरदैलो गरिरहेका छौं ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend