बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

एमाले वडा अध्यक्षका उम्मेदवारसहित दर्जनौ नेताकार्यकर्ता काँग्रेसमा प्रवेश

एमाले वडा अध्यक्षका उम्मेदवारसहित दर्जनौ नेताकार्यकर्ता काँग्रेसमा प्रवेश

डडेल्धुरा । नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका एक जना नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका हिक्मत बहादुर भण्डारीसहित दर्जनौ नेताकार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् ।

अजयमेरु गाउँपालिका–६ मा तत्कालिन निर्वाचनमा एमाले पार्टीबाट वडा अध्यक्षका उम्मेदवार बनेका भण्डारी सहित दर्जनौ कार्यकर्ता सोमवार काँग्रेस पार्टीमा प्रवेश गरेका हुन् ।

वडा नं. ६ को राजुलमा आयोजित नेपाली काँग्रेसको चुनावी कार्यक्रममा भण्डारी सहित अन्य वडा स्तरका नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेको गाउँपालिका अध्यक्षका उम्मेदवार टेकराज पाण्डेयले बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend