काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा साढे दुई हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा १८.७ प्रतिशत कम हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,५६८ कोरोनाका नयाँ संक्रमित भेटिएका छन्, यस्तै २० जनाको मृत्यु भएको छ ।
ताजा आँकडाको कुरा गर्ने हो भने सबैभन्दा धेरै बिरामी दिल्ली (१०७६), हरियाणा (४३९), केरल (२५०), उत्तर प्रदेश (१९३) र कर्नाटक (१११) मा देखिएका छन् । नयाँ कोभिड संक्रमितमध्ये ८०.५८ प्रतिशत यी पाँच राज्यबाटै देखिएका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण २० जनाको मृत्यु भएको छ । यहाँ कोरोनाका कारण हालसम्म ५,२३,८८९ जनाले ज्यान गुमाइसकेका छन् ।