logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • वाइडबडी जहाजमा वाइफाइ !

    वाइडबडी जहाजमा वाइफाइ !

    3.5K
    Shares

    काठमाडौं । नेपाल एयरलाइन्सले आफ्ना दुई वटा वाइडबडी जहाजमा वाइफाइ राख्ने भएको छ । अन्तर्राष्ट्रिय उडानका यात्रुलाई नेपाली आकासमा समेत इन्टरनेट सुविधा प्रदान गर्न सकिने गरी नेपाल दूरसञ्चार प्राधिकरणले नीति ल्याएसँगै निगमले वाइडबडी जहाजमा यस्तो सुविधा राख्न लागेको जानकारी दिएको छ ।

    वाइडबडी जहाजमा उच्च गुणस्तरको इन्टरनेट सुविधा राख्न इन्जिनियरिङ मेन्टिनेन्स विभागका निर्देशकको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरी काम भइरहेको निगमले जनाएको छ ।

    जहाजमा वाइफाई प्रणालीको जडानबाट यात्रुलाई थप सुविधा प्राप्त हुने र यसले यात्रुको निगमसँगको सन्तुष्टिमा वृद्धि हुने अपेक्षा कम्पनीको छ । जसबाट थप यात्रु आकषिर्त गर्न सहयोग पुग्ने समेत निगमले उल्लेख गरेको छ ।

    आकासमा रहँदा इन्टरनेट सुविधा उपयोग गर्न पाउने गरी विदेशी एयरलाइन्सहरुले भने यसअघि नै यस्तो प्रणाली जडान गरिसकेका छन् ।

    दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त नभएका कारण यसअघि जहाज नेपाली आकासमा छिरेसँगै इन्टरनेट सञ्चालनको अनुमति थिएन । अन्तर्राष्ट्रिय उडानमा निगमसँग कुल चार वटा जहाज छन् । जसमा दुई वाइडबडी र दुई न्यारोबडी जहाज छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend