logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • भरतपुरमा गठबन्धनको ‘प्रतिबद्धता’ : कृषकलाई अनुदानदेखि एअरपोर्ट विस्तारसम्म (पूर्ण पाठ)

    भरतपुरमा गठबन्धनको ‘प्रतिबद्धता’ : कृषकलाई अनुदानदेखि एअरपोर्ट विस्तारसम्म (पूर्ण पाठ)

    8.2K
    Shares

    काठमाडौं । आगामी स्थानीय चुनावका लागि चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका दलले आफ्नो ’प्रतिबद्धता’ सार्वजनिक गरेका छन् । मंगलबार एक कार्यक्रमको आयोजना गरी गठबन्धनको तर्फबाट भरतपुरको मेयरकी उम्मेदवार रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीले संयुक्त रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

    ‘विगतको गठबन्धनको गौरवपूर्ण पाँच वर्षको आधार ! वर्तमान गठबन्धन समृद्ध भरतपुरको योजनाकार’ भन्ने नाराका साथ घोषणापत्र सार्वजनिक गरिएको छ । घोषणापत्रमा किसानलाई पेन्सनदेखि जेष्ठ नागरिकलाई निःशुल्क बससेवासम्मको प्रतिबद्धता जनाइएको छ ।

    एअरपोर्ट विस्तार गरी सुविधासम्पन्न बनाइने, किक्रेट रंगशालाको बाँकी कामलाई पूर्णता दिइने समेत प्रतिबद्धता जनाइएको छ । भरतपुरको तीन ठाउँमा आकाशे पुल बनाइने घोषणापत्रमा उल्लेख छ । भरतपुर महानगरभित्र सार्वजनिक इलेक्ट्रिक बस सञ्चालन प्रक्रिया सुरु गरिने बताइएको छ ।

    पर्यटनतर्फ सीटीहल, प्रर्दशनी केन्द्र, गौतमबुद्ध क्रिकेट रंगशालाको अधिकतम उपयोग गरी पर्यटन प्रवर्द्धन गरिने बताइएको छ । प्रत्येक वडामा अस्पताल, घरदैलोमा महानगर हेल्थ क्लिनिक सञ्चालन गर्नेसम्मका विषय घोषणापत्रमा समेटिएको छ ।

    कृषि र पेन्सन कार्यक्रम अन्तगर्त बीउ उत्पादन गर्ने कृषकलाई प्रतिकिलो ३ रुपैयाँ अनुदान र कृषिमा आधरित विद्युत् खर्चमा ५० प्रतिशत अनुदान दिइने प्रतिबद्धता गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend