logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • देश विकासका लागि एमालेले जित्न जरुरी छ: अध्यक्ष ओली

    देश विकासका लागि एमालेले जित्न जरुरी छ: अध्यक्ष ओली

    5.3K
    Shares

    झापा । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको बताएका छन् । गृहजिल्ला झापाको मेचीनगरमा आज अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेकपा एमालेको पक्षमा जनलहर आएको जिकिर गरे ।

    उनि आज बिहान काठमाडौँबाट झापा आएका हुन् । झापाको भद्रपुर र हल्दिबारीको आमसभामा सहभागी बनेर उनि अपराह्न मेचीनगरको धुलाबारी आएका हुन् ।

    मेचीनगर मुलुकको प्रवेशद्वार भएको हुँदा तीव्र विकासका लागि एमालेका उम्मेदवारलाई जिताउन उनले मेचीनगरबासीलाई आह्वान गरे । उनले हल्दिबारी गाउँपालिका–१ गोलधाप र भद्रपुर नगरपालिका–३ को ज्ञानचोकमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend