logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • दुईमध्ये एक पदमा महिला अनिवार्य हुनैपर्ने व्यवस्था गर्नु जरुरी देखियो: अध्यक्ष प्रचण्ड

    दुईमध्ये एक पदमा महिला अनिवार्य हुनैपर्ने व्यवस्था गर्नु जरुरी देखियो: अध्यक्ष प्रचण्ड

    6.9K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहमा दुई पदमध्ये एकमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था जरुरी देखिएको बताएका छन् । स्थानीय पालिकाको उम्मेदवार बनाउँदा सत्ता गठबन्धनबाट महिलाको संख्या न्यून भएको प्रश्नमा उनले पार्टीले ३५ प्रतिशत महिला सहभागितको व्यवस्था गरेको भए पनि गठबन्धन गर्दा त्यसको हुन नसकेको स्वीकार गरे ।

    कानूनी रुपमै अनिवार्य गर्दा महिला सहभागिता बढ्ने प्रचण्डको भनाइ छ । उनले भने, ‘त्यसो हुनुमा पनि नियतमा होइन, प्राविधिक वा कानूनी रुपले त्यस्तो परेको हो । मलाई लाग्छ, यो कानून नै बदलेर दुइमध्ये एक पदमा महिला अनिवार्य हुनै पर्ने व्यवस्था गर्नु जरुरी देखिएको छ । त्यसो गरेर मात्रै महिलाको प्रतिनिधित्व अझ बढाउन सकिन्छ ।’

    ‘हाम्रो पार्टीमा महिलाको लागि जसरी ३५ प्रतिशतको व्यवस्था गरिएको छ, त्यही अनुसार निर्वाचनमा पनि सहभागिता गराउनको लागि ध्यान दिनुस् भनेर भनिएको छ,’ उनले भने, ‘हाम्रो पार्टीबाट महिलाको सहभागिताको विषयमा कुनै कञ्जुस्याइँ वा समस्या होइन । तर गठबन्धनमा भने त्यस्तो हुन नसकेको जस्तो देखियो ।’

    निर्वाचन आयोगका अनुसार पालिका प्रमुख÷अध्यक्षमा ६.७ प्रतिशत र उपप्रमुख÷उपाध्यक्षमा ७३.२ प्रतिशत मात्रै महिलाको उम्मेदवारी परेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend