logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुत्केरीलाई तीन महिनासम्म पाँच हजार भत्ता दिने घोषणापत्र

    सुत्केरीलाई तीन महिनासम्म पाँच हजार भत्ता दिने घोषणापत्र

    10.6K
    Shares

    हेटाैँडा । स्थानीय तहको निर्वाचनमा आफूहरू निर्वाचित भए विपन्न सुत्केरीलाई ३ महिनासम्म ५ हजार रुपैयाँ मासिक भत्ता दिने गठबन्धन दलका उम्मेदवारले प्रतिबद्धता व्यक्त गरेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ५ दलीय गठबन्धनले मंगलवार प्रतिबद्धतापत्र (घोषणापत्र) सार्वजनिक गर्दै पोषण खानाका लागि रकम उपलब्ध गराउने जनाइएकोे छ ।

    प्रतिबद्धता पत्रमा हेटौंडा उपमहानगरपालिका क्षेत्रमा रहेको नदीको व्यवस्थापन गरिने, खोलामा अस्थायी स्विमिङपुल निर्माणदेखि सामाजिक सुरक्षा, शिक्षा, नगर विस्तारसम्मका योजनाहरू उल्लेख गरिएको छ । प्रतिबद्धतापत्रमा उपमहानगरवासीलाई ३०० युनिटसम्मको बिजुली निःशुल्क प्रदान गर्नेदेखि प्रत्येक वडामा एमबिबिएस चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने विषय समेटिएको छ ।

    ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै पुगी स्वास्थ्य सेवा दिइने प्रमुखकी उम्मेदवार मीना लामाले घोषणा गरिन् । उनले एक घर, एक रोजगारीलाई प्राथमिकतामा राख्नाका साथै न्यून मध्यम व्यावसायिक कार्यका लागि सीप विकास, सहुलियत ऋण, बजार व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता पनि जनाइन् ।

    नगरभित्र हरेक घरमा मासिक १० हजार लिटर खानेपानी निःशुल्क गर्ने पनि घोषणा गरिएको छ । हेटौंडा विकास प्राधिकरण गठन गर्ने तथा नगर यातायातको गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाइएको छ । हरेक वर्ष कम्तीमा ५ जनालाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नाका साथै सामुदायिक विद्यालय तथा कलेजमा स्वास्थ्यकर्मीको व्यवस्था गर्न पनि गठबन्धनका उम्मेदवारहरू प्रतिबद्ध रहेको छ ।

    उपप्रमुख पदका उम्मेदवार राजेश बानियाँले प्रत्येक वडामा मिनी रंगशाला निर्माण गर्ने प्रतिबद्धता जनाए । उनले नगरभित्रका नदी खोलाको व्यवस्थापन गरी अस्थायी स्विमिङ पुल निर्माण, जलविहार तथा पार्कहरू निर्माण गरी पर्यटनमैत्री नगर बनाउने योजना पनि अघि सारिएको बताए । धार्मिक क्षेत्रहरूको सुधार तथा प्रवद्र्धन गर्नाका साथै हरेक वडामा फलफूलको बगैंचा बनाउने पनि प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

    नगरस्तरीय प्रज्ञा–प्रतिष्ठान स्थापना, प्रवद्र्धन र विकासका कार्यक्रम गर्न पनि गठबन्धन प्रतिबद्ध बनेको छ भने नगर स्तरीय नाट्यशाला निर्माण गर्ने योजना पनि अघि सारिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend