logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • ओखलढुङ्गाको लिखु गाउँपालिकाका अध्यक्षका उम्मेदवार बनेका विष्टविरुद्ध पक्राउ पुर्जी जारी

    ओखलढुङ्गाको लिखु गाउँपालिकाका अध्यक्षका उम्मेदवार बनेका विष्टविरुद्ध पक्राउ पुर्जी जारी

    3K
    Shares

    काठमाडौं । ओखलढुङ्गाको लिखु गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष उम्मेदवार बनेका मिलन कुमार विष्टविरुद्ध अदालतले पक्राउ गर्न अनुमति दिएको छ । जिल्ला अदालत भक्तपुरबाट ठगी र किर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएको हो ।

    विष्ट विरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा दोहोरो नागरिकता लिएको बारे जाहेरी पनि परेको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालय र मिलन कुमार विष्ट र ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयबाट होमबहादुर विष्टको नाममा दोहोरो नागरिकता लिएको जाहेरीमा उल्लेख गरिएको छ । विष्ट विरुद्ध दोहोरो नागरिकता सम्बन्धी कसुरमा जाहेरी आएको र त्यसबारे अनुसन्धान भइरहेको ओखलढुङ्गाका डिएसपी सुकदेव खनालले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend