logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • कमल थापाको चिन्ता : सनातन धर्म नासियो भने पहिचान र एकता कमजोर हुन्छ

    कमल थापाको चिन्ता : सनातन धर्म नासियो भने पहिचान र एकता कमजोर हुन्छ

    3.3K
    Shares

    काठमाडौं । हिन्दु धर्मको एजेन्डा बोकेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तन रोक्ने चुनावी मुद्दा कुनै दलले नबनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले धर्म परिवर्तनलाई संविधानले निषेध गरेको स्मरण पनि गराए । उनको यो अभिव्यक्ति ख्रिष्टियन धर्म लक्षित छ ।

    थापाले सनातन धर्म नासिए पहिचान र एकता कमजोर हुने भन्दै चिन्ता पनि व्यक्त गरे । सामाजिक सञ्जाल फेसबुकमा बुधबार बिहान उनले लेखेका छन्, धर्म परिवर्तनको डढेलो डरलाग्दो रुपमा फैलिरहेको छ । कसैले पनि यो विषयलाई चुनावी मुद्दा बनाएका छैनन् । संविधानले निषेध गरेको संगठित धर्म परिवतृनको आफ्नो पालिकामा रोक्छौं भन्ने प्रतिबद्धतसमेत कुनै दलले व्यक्त गरेनन् । सनातन धर्म नासियो भने पहिचान र एकता कमजोर हुन्छ भन्ने हेक्का कसैलाई भएन ।’ पूर्वराजा ज्ञानेन्द्रसँग मन मनमुटाव भएपछि थापा राजसंस्थाको एजेन्डा त्यागेर हिन्दु धर्मको मात्र एजेन्डा बोकेर हिँडेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend