बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

बस दुर्घटनामा १६ जनाको मृत्यु, ६ जना घाइते

बस दुर्घटनामा १६ जनाको मृत्यु, ६ जना घाइते

रासस/सिन्ह्वा । युक्रेनमा मंगलबार भएको एक बस दुर्घटनामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोकिएका थिए ।

त्यस क्रममा बसमा रहेका १६ जना यात्रुको निधन भएको थियो भने अरु ६ जना घाइते भएका थिए ।

स्थानीय समयानुसार मंगलबार साँझ ७ः२० मा सो दुर्घटना भएको युक्रेनको प्रहरीले जनाएको छ । अहिले सो दुर्घटना भएको किभ चोप राजमार्ग बन्द भएको छ । प्रहरीले उक्त राजमार्ग बन्द गरेर अनुसन्धान थालेको जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend