logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसङ्घको परिचालन समिति गठन

    नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसङ्घको परिचालन समिति गठन

    3.4K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी केन्द्रीय परिचालन समिति गठन गरेको छ । नेविसङ्घले यही वैशाख ३० गते देशभर हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ७५३ सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको हो ।

    नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले स्थानीय तह निर्वाचनलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउँदै काँग्रेसका उम्मेदवारलाई विजयी गराउनका लागि केन्द्रीय परिचालन समिति गठन गरिएको जानकारी दिए ।

    नेविसङ्घले प्रत्येक स्थानीय तहमा एक/एक प्रतिनिधि परिचालन गरेको छ । परिचालन समितिले पार्टीको चुनावी अभियान सफल पार्न र कांग्रेसका उम्मेदवारलाई विजय गराउन महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष शेर्पाको भनाइ छ । नेविसङ्घले खटाएका प्रतिनिधिले पार्टीले खटाएका प्रतिनिधिसँग सहकार्य गरेर प्रत्येक मतदान केन्द्रमा स्वयम्सेवकको रुपमा युवा विद्यार्थीलाई परिचालन गर्ने उनले बताए ।

    यसैबीच नेविसङ्घले काँग्रेसका उम्मेदवारलाई वडा तहमा विजय गराउनका लागि एक हजार ५९१ सदस्यीय प्रचारप्रसार समितिसमेत गठन गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend