काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजिपी) मा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट हेर्दाहेर्दैमा राखिएको छ । एआईजी विश्वराज पोखरेलले वरियता मिचेर कनिष्ठलाई बढुवा गरेको भन्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। न्यायाधीश पुष्पलता माथेमाको एकल इजलासमा रिटमाथि बुधबार प्रारम्भिक सुनुवाई सुरु भएको हो ।
बहस नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको हो। पोखरेलले वरियता मिचेर गरिएको बढुवा बदर गर्न र न्याय निरुपण नभएसम्म आफूलाई कायममुकायम महानिरीक्षकका रुपमा काम गर्न दिनुपर्ने माग रिटमा गरेका छन् ।