logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • पछिल्लो समय अत्याधिक रुपमा आयात बढ्नुमा सरकारी नीति दोषी हो: अध्यक्ष गोल्छा

    पछिल्लो समय अत्याधिक रुपमा आयात बढ्नुमा सरकारी नीति दोषी हो: अध्यक्ष गोल्छा

    7.3K
    Shares

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय अत्याधिक रुपमा आयात बढ्नुमा निजी क्षेत्र नभएर सरकारी नीति दोषी रहेको आरोप लगाएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै गोल्छाले आयात बढ्नुमा निजी क्षेत्र नभएर सरकारी नीति दोषी रहेको बताएका हुन् ।

    उनले सरकार विगतदेखि राजस्वमुखी भएकाले राज्य राजश्वमुखी भएर हिडुन्जेलसम्म आर्थिक अवस्थामा निरन्तर दबाब परिरहने बताए । गोल्छाले निजी क्षेत्रले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग कहिल्यै तुलना नगरेको बताए । उनले मुलुकको अहिलेको आर्थिक अवस्थालाई श्रीलंकासँग तुलना गर्नु नै गलत भएको बताए । अध्यक्ष गोल्छाले नेपालको वर्तमान अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्नाले नेपालको छवि बिग्रिएको बताए ।

    त्यस्तै, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपालमा पनि अर्थतन्त्र बिगार्ने शासकीय स्वरुप देखिन थालेको बताए । श्रीलंकामा शासकले हचुवाको भरमा निर्णय गर्दा मुलुकको अर्थतन्त्रमा समस्या बढेको भन्दै वाग्लले नेपालमा पनि त्यस्तै प्रवृति हाबी हुने गरेको बताए । वाग्लेले श्रीलंकामा जथाभावी रूपमा कर चलाउँदा समस्या भएको बताउँदै कर नीति चलाउँदा सजग हुनुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend