बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

नेपाल कम्युनिष्ट पार्टीले नेत्रविक्रम चन्द विप्लवलाई महासचिवबाट हटायो

नेपाल कम्युनिष्ट पार्टीले नेत्रविक्रम चन्द विप्लवलाई महासचिवबाट हटायो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले नेत्रविक्रम चन्द विप्लवलाई महासचिवबाट हटाएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नामले चिनिने सो पार्टीबाट विप्लवले कारबाही गरेका नेताद्वय धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश ओली पक्षले राष्ट्रिय भेला गर्दै विप्लवलाई महासचिव पदबाट हटाएको हो ।

चितवनमा जारी राष्ट्रिय भेलाले पार्टीको पछिल्लो केन्द्रीय कमिटीको बैठकले गरेको स्थानीय तह निर्वाचनमा नजाने निर्णय उल्लंघन गर्दै महासचिवकै निर्देशनमा पार्टीका नेता कार्यकर्ता चुनावमा सहभागि भएकाले महासचिवलाई पार्टीबाट हटाउनु परेको नेता गुणराज लोहनीले बताए । नेकपाले धर्मेन्द्र बास्तोलालाई पार्टीको संयोजक बनाएको पनि उनले बताए ।

नेकपाको सचिवालय सदस्यको जिम्मेवारीमा रहेका नेताद्वय धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीलाई विप्लवले केही समय अघि पार्टी जिम्मेवारीबाट मुक्त गरेको विज्ञप्ती जारी गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend