डोटी । डोटीमा नेकपा माओवादी केन्द्रबाट शिखर नगरपालिका ११ को अध्यक्ष पदमा उम्मेदवारी दिएका शेरबहादुर बलायरले पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । वडाध्यक्ष पदमा उम्मेदवारी दिएर चुनावी प्रचारप्रसार समेत गरिसकेका बलायरले आज बुधवार माओवादी केन्द्र परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन् ।
बलायरलाई पूर्वमन्त्रीसमेत रहनुभएका कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टी प्रवेश गराएका हुन् । शेरबहादुर माओवादीको वडा कमिटी अध्यक्षसमेत हुन् ।
माओवादीले सत्ता, सरकार, संविधानको गलत प्रयोग गर्दै आएको र अहिले चुनावमा समेत झुटा आश्वासन बाँडेर नागरिकसँग भोट माग्न थालेकोले पार्टी परित्याग गरेको बलायरले बताए ।