logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • धेरै कारणले भरतपुरको नतिजा गठबन्धनको पक्षमा आउँछ : प्रचण्ड

    धेरै कारणले भरतपुरको नतिजा गठबन्धनको पक्षमा आउँछ : प्रचण्ड

    6.1K
    Shares

    भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा गठबन्धनको जित सुनिश्चित भइसकेको दावी गरेका छन् । चुनावी सभाका लागि चितवन पुग्नासाथ भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले स्वतन्त्र उम्मेदवारलाई फकाउने भन्दा गठबन्धन आफ्नै काममा अगाडि बढ्ने बताए ।

    ‘उहाँलाई फकाउने कुरा भन्दापनि गठबन्धन आफ्नो लाइनमा अगाडि बढिसकेको छ । फैसला चितवनका जनताको हातमा छ । उम्मेदवार बन्ने स्वतन्त्रता हरेक नागरिकलाई छ । निर्वाचन जित्न अप्ठ्यारो हुन्छ भन्ने लाग्दैन । धेरै कारणले नतिजा गठबन्धनको पक्षमा हुन्छ’ प्रचण्डले भने ।

    उनले गठबन्धनको जितबारे विस्तृत कुरा चुनावी सभामै गर्ने बताए । आज भरतपुरमा गठबन्धनले आयोजना गर्ने सभालाई कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपालसहित प्रचण्डले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend