
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दाबी गरेका छन्।
भरतपुर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको बताए। उम्मेदवारी दिने स्वतन्त्रता जो–कोहीलाई रहेको जनाउँदै अध्यक्ष प्रचण्डले फैसला जनताका हातमा रहेको बताए। उनले भने, ‘निर्वाचन जित्न असहज छैन।’
भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल प्रमुख पदको उम्मेदवार रहेकी छन्। गठबन्धनले आज भरतपुरमा चुनावी सभा आयोजना गर्दैछ।
सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन पुगेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend