सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

ओखलढुंगामा चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते

ओखलढुंगामा चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते

काठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिका–८ टार केराबारी बस्ने ४४ वर्षीय देवबहादुर दर्जीको चट्याङ लागेर बुधबार साँझ मृत्यु भएको छ । देवबहादुर र सोही ठाउँ बस्ने ४० वर्षीय मेघबहादुर दर्जी घर नजिकै रहेको चौतारामा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागि दुवै जना घाइते भएका थिए ।

घाइते पछि उनीहरुलाई प्रहरी चौकी गामनाङटारबाट खटिएको प्रहरीले उपचारको लागि तामाकोशी अस्पताल रामेछाप पठाएको थियो । उपचारको क्रममा देवबहादुर दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ । मेघ बहादुरलाई थप उपचारको लागि पाटन अस्पताल ललितपुर रिफर गरिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend