logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • भरतपुरको चुनावी गठबन्धनले कांग्रेसका शिर्ष नेता दुई धारमा विभाजित

    भरतपुरको चुनावी गठबन्धनले कांग्रेसका शिर्ष नेता दुई धारमा विभाजित

    10.8K
    Shares


    भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनले गर्ने आम सभाको विषयले नेपाली कांग्रेस शिर्ष तहसम्मै दुईधारलाई विभाजित भएको छ । आज चितवनमा हुने गठबन्धनको आम सभालाई सम्बोधन गर्नका लागि भन्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हिजो बुधबार नै चितवन पुगिसकेका थिए बरिष्ठ नेता रामचन्द्र पौडेल पनि गठबन्धनकै कार्यक्रमको लागी चितवन पुगे।

    यता सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि सहभागी हुने भनेर प्रचारप्रसार गरेपनि गगन थापा भने चितवन गएनन् । थापाले आफ्नै निर्वाचन क्षेत्रमा घरदैलो गर्नुपर्ने बहाना पारेर चितवनको कार्यक्रमबाट पछि हटे ।

    यस्तै नेता शेखर काईरालालाई चितवन पुगेर मात्र सभापति देउवाले चितवनको सभामा आउन भनि फोन गरेका थिए । तर कोइरालाले पनि आफ्नो पुर्वनिर्धारित कार्यक्रममा जानुपर्ने भनेर चितवनको कार्यक्रमलाई बहिस्कार गरेका छन् ।

    चितवनको गठबन्धन र आज हुने चुनावी सभाले केन्द्रसम्म नै दुई धारमा कांग्रेस विभाजित भएको स्पष्ट संदेश दिएको छ।

    चितवनमा गठबन्धनले माओवादी नेतृ रेनु दाहाललाई उम्मेदवार बनाएपछि चितवन कांग्र्रेस असन्तुष्ट बनेको छ । असन्तुष्ट पक्षले स्वतन्त्र उम्मेदवारको रुपमा कांग्रेस नेता जगन्नाथ पौडेललाई अघि सारेर घरदैलो गरिरहेको छ ।


    पार्वती पाण्डेय
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend