चितवन । हास्य कलाकार सन्दीप क्षेत्रीले प्रचण्डले गज्जबको छोरी पाएको बताएका छन् । गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै हास्य कलाकार क्षेत्रीले रेनु दाहाललाई दिदी भन्दै प्रचण्डले गज्जबको छोरी पाएको बताए ।
चितवनमा पहिले देखेको चितवन र अहिले देखेको चितवनमा धेरै फरक पाएको वताउदै उनले यो रेनु दाहालका कारण मात्रै सम्भव भएको बताए ।
उनले कुनै पार्टीका लागि यो चुनावी सभामा आएको नभई रेनु दाहालले राम्रो काम गरेकाले धन्यबाद भन्न मात्रै उपस्थित भएकोे बताए ।