logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नातागोता र आफन्तलाई भर्ना गर्न मात्रै गठबन्धन बनेको हो: अध्यक्ष ओली

    नातागोता र आफन्तलाई भर्ना गर्न मात्रै गठबन्धन बनेको हो: अध्यक्ष ओली

    6.5K
    Shares

     

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको काम सत्ता स्वार्थबाहेक केही नभएको बताएका छन् । कैलालीको बर्दगोरियामा आयोजित स्थानीय निर्वाचनलाई लक्षित आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    ओलीले नाता गोता र आफन्तलाई भर्ना गर्न मात्रै गठबन्धन बनेको बताए ।अहिलेको परमादेशी सरकार संविधानविपरीत बनेका कारण यो सरकारलाई बिदाई गर्नुपर्ने ओलीले बताए । अहिले त्यही गठबन्धन र एमाले बीचको लडाइँ रहेका कारण एमालेलाई नै विजयी गराउन ओलीले आग्रह गरे ।

    एमालेले गुमेको भूमि फिर्ता ल्याउन पहल गरेर नक्सासमेत निकाल्दा गठबन्धन सरकार भारतीय सुरक्षाकर्मीले तुइन काटेर नेपाली नागरिक खसाल्दासमेत चुइँक्क बोल्न नसकेको ओलीले उल्लेख गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend