logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • भरतपुरमा स्वतन्त्र उम्मेदवार उठाउन आफ्नैले षडयन्त्र गरे : देउवा

    भरतपुरमा स्वतन्त्र उम्मेदवार उठाउन आफ्नैले षडयन्त्र गरे : देउवा

    6.5K
    Shares

    भरतपुर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरमा बागी उम्मेदवार उठाउन कांग्रेसकै साथीहरुको साथ रहेको बताएका छन् ।

    भरतपुरको आम सभालाई सम्बोधन गर्दै सभापति देउवाले रेनु दाहाललाई जिताउन आग्रह गरे । उनले भरतपुर महानगरमा बेरुजु नरहेको भन्दै विकासमा पनि फड्को मारेको बताए ।

    भरतपुरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका काम गर्न रेनु दाहाल सफल भएको बताए । देशमा कुनै पनि एक पार्टीले मात्रै बहुमत ल्याउन सक्ने अवस्था नरहेकाले गठबन्धन गर्नु आवश्यक रहेको बताए ।

    अन्य ठाउँमा गठबन्धन शान्त छ तर भरतपुरमा मात्रै किन विरोध हुने भन्दै भरतपुरमा गठबन्धन टुटाउन ठुलो षडयन्त्र भएको बताए । उनले गठबन्धनलाई टिकाउन र रेनुलाई जिताउनु मतदातालाई आग्रह गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend