भरतपुर । सत्ता गठबन्धनले आज बिहीबार चितवनको भरतपुरमा गरेको आससभालाई गठबन्धनका शिर्ष नेताहरुले सम्बोधन गरेका छन् ।
सभालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगाएतका नेताले सभालाई सम्बोधन गरे ।
स्थानित तह निर्वाचनमा गठबनधनका उम्मेदवारलाई मत माग्नका लागि आयोजना गरिएको उक्त चुनावी सभामा यी नेताहरुले यसो भने ।
नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरमा बागी उम्मेदवार उठाउन कांग्रेसकै साथीहरुको साथ रहेको बताएका छन् । भरतपुरको आम सभालाई सम्बोधन गर्दै सभापति देउवाले रेनु दाहाललाई जिताउन आग्रह गरे । उनले भरतपुर महानगरमा बेरुजु नरहेको भन्दै विकासमा पनि फड्को मारेको बताए ।
भरतपुरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका काम गर्न रेनु दाहाल सफल भएको बताए । उनले देशमा कुनै पनि एक पार्टीले मात्रै बहुमत ल्याउन सक्ने अवस्था नरहेकाले गठबन्धन गर्नु आवश्यक रहेको बताए ।
अन्य ठाउँमा गठबन्धन शान्त छ तर भरतपुरमा मात्रै किन विरोध हुने भन्दै भरतपुरमा गठबन्धन टुटाउन ठुलो षडयन्त्र भएको बताए । सभापति देउवाले गठबन्धनलाई टिकाउन र रेनुलाई जिताउनु मतदातालाई पनि आग्रह गरे ।
माओवादी अध्यक्ष प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाल सलाम र जय नेपालबीच निकट सम्बन्ध रहेको बताए । नेपाली कांग्रेसको जय नेपाल र माओवादीको लाल सलाम बीच बर्षौ देखिनै निकट सम्बन्ध रहेको उनले बताए । भरतपुरको चुनावी सभा सम्बोधन गर्दा उनले जय नेपाल र लालसलामबाट सुरु गरेका हुन् ।
प्रचण्डले रुख वालाले हसिया हतौडामा भोट हाल्न धेरै गाह्रो मानेको देखेको बताए । यो गठबन्धनलाई १५ वर्षसम्म लैजाने भनेको भएपनि नेपाली कांग्रेसले हसिया हतौडामा भोट हाल्न गाह्रो मानेको उनको तर्क थियो ।
नेपाली कांग्रेसका केन्द्रीय नेता टेक प्रसाद गुरुङले चुनावका लागि मात्र नभई अन्य बेलाका लागि पनि गठबन्धनको कर्तव्य निभाउनुपर्ने कुराको जवाफ फर्काउदै उनले चेतावनी शैलीमा भरतपुरमा कांग्रेसले हसिया हतौडामा भोट नहाले देश दुर्घटनामा जान सक्ने बताए ।
प्रचण्डले चितवनलाई मोडल बनाएर सिंगै देशकै विकास गर्न चाहेको पनि सुनाए । भरतपुर महानगरपालिकाले ५ वर्षमा शिक्षा, स्वास्थ्य खेलकुद, बाटो, खानेपानी लगाएतका थुप्रै क्षेत्रमा रेकर्ड राखेको बताए ।
रेनु दाहाल प्रचण्डको छोरी भएर भरतपुरको विकास भएको नभई रेनु दाहालको आफ्नै योग्यताले भरतपुरले विकास गरेको बताए । भरतपुरको नतिजा असाधारण रुपमा आउने उनको अनुमान छ । प्रचण्ड बाचुञ्जेल सविंधान उल्टाउन सकिने भएन भनेर कांग्रेस भित्रै र देश भित्र र बाहिरको ठुलै गिरोह लागिपरेको बताए ।
प्रचण्डले जनताको फैसला हेर्न आफु आतुर रहेको बताउदै पहिलाको गल्ति नहोर्याउने बताए । प्रचण्डलाई दिगो रुपमा अडिग रहन दिने कि अझै टेन्सन दिएर हेरौनत भनेर चिन्ता दिने जनताको हातमा रहेको उनले बताए ।
एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल
एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओलीले गफ गर्नमा पिएचडी गरेको बताएका छन् । भरतपुर महानगरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् । उनले अहिले गठबन्धन नभएको भए सविंधान दुर्घटनामा पर्ने थियो, देश संकटमा पर्ने बताउँदै देशप्रति समर्पित हुने व्याक्ति गठबनधन विरुद्ध जान नहुँने बताए । चाहेको जस्तोे सवैले नपाउने भन्दै राम्ररी यसलाई विश्लेषण गर्नुपर्ने बताए ।
नेपालले भरतपुरमा रेनु जत्तिको उम्मेदवार अन्य नभएको बताए । योग्यताका आधारमा मुल्याङकन गर्नुपर्ने भन्दै भरतपुरमा रेनु दाहालले राम्रो काम गरेकाले बाबुको नाम लिएर होईन की रेनुको येग्याताले जिताउनुपर्ने बताए ।
देशलाई विकासको बाटोमा लैजान चाहाने हो भने गठबन्धनमा एकता हुन जरुरी रहेको उनको भनाई थियो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको गठबन्धन एमालेका अध्यक्ष केपी आलीलाई हराउनका लागि गरिएको बताएका छन् । नेता पौडेलले यो गठबन्धन माओवादीलाई हराउन नभै केपी ओलीको गलत प्रवृतिलाई हराउन मात्रै भएको बताए । चितवनमा विहान असन्तुष्ट पक्षसँग भएको भेटको प्रसँग निकालदै प्रचण्डसँग प्रतस्पिर्धा नगर्न आग्रह गरे ।
जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ
जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले केपी ओलीलाई आई लभ यु भन्नेहरुप्रति लक्षित गर्दै उनले ओलीले म्वाइ खाए पनि बिष लाग्ने बताएका छन् । केपी ओलीले संविधान खान खोजे, लोकतन्त्र खान खोजे, संघीयता खान खोजे । जसकाकारण यो गठबन्धन बनाउन बाध्य भयौं ।
तर कतिपय युवाहरू भ्रममा छन् र भन्छन्– आइ लभ यू केपी बा, उनले भने, तपाईंहरूलाई थाहा हुनु पर्छ, सर्पले दूध खायो भने बिष लाग्छ । केपी ओलीले म्वाइ खाए नि बिष लाग्छ ।
हास्य कलाकार सन्दीप क्षेत्री
हास्य कलाकार सन्दीप क्षेत्रीले प्रचण्डले गज्जबको छोरी पाएको बताएका छन् । गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै हास्य कलाकार क्षेत्रीले रेनु दाहाललाई दिदी भन्दै प्रचण्डले गज्जबको छोरी पाएको बताए ।
चितवनमा पहिले देखेको चितवन र अहिले देखेको चितवनमा धेरै फरक पाएको वताउदै उनले यो रेनु दाहालका कारण मात्रै सम्भव भएको बताए । उनले कुनै पार्टीका लागि यो चुनावी सभामा आएको नभई रेनु दाहालले राम्रो काम गरेकाले धन्यबाद भन्न मात्रै उपस्थित भएकोे बताए ।
कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय
कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले गठबन्धनले देश परिवर्तन गर्ने दाबी गरिन् । गठबन्धनको सरकारले स्थायित्व दिने बताएकी उनले जनताको आवाजले गठबन्धन बनेको बताइन् ।
भरतपुरमा बिहीबार आयोजित गठबन्धनको आमसभालाई सम्बोधन गर्दै उनले जनताको चाहनाअनुसार सरकार बनेको बताइन् । गठबन्धनले अब स्थानीय सरकार हाँक्ने भन्दै उनले रेणु दाहालले भरतपुरलाई नयाँ परिवर्तनका साथअघि बढाउने जमर्को गरेको जानकारी दिइन् ।
भरतपुर महानगरपालिकामा मेयर उम्मेदवार रेनु दाहाल
गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकामा मेयर उम्मेदवार रेनु दाहालले चितवनमा गठबन्धनको जित सुनिश्चित भएको बताएकी छन् ।
भरतपुर महानगरपालिकामा गठबन्धनले गरेको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार दाहालले बाहिर आएजस्तो गठबन्धनमा कुनै पनि समस्या नभएकोले भरतपुर महानगरमा पुनः दोहोरीने बताईन् ।
अघिल्लो कार्यकालमा भरतपुरमा विकासले कोल्टे फेरेको बताउदै दाहालले बाँकी रहेका काम पुरा गर्नका लागि पुनः एकपटक मेयरमा लडेको बताईन् ।
‘५ बर्षमा टाउको झुकाउन नपर्नेगरि काम गरेकी छु । प्रतिपक्षका आगाडि आँखामा आँखा जुधाएर गर्व गर्न लाएक महानगर बनाएका छौं ।’ उनले भनिन् ।
भरतपुर महानगरको मेयरमा रहेर गरेका कामहरु बताउँदै दाहालले साझा ढंगले अगाडि बढ्ने प्रतिवद्दता पनि व्यक्ति गरिन् । जनताको अभिमतबाट केपी ओलीलाई परास्त पार्ने उनले बताईन् ।