logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • पेन्ट्स बनाउन प्रयोग हुने कच्चा पदार्थ आयातमा ५ प्रतिशतमा घटाउन माग

    पेन्ट्स बनाउन प्रयोग हुने कच्चा पदार्थ आयातमा ५ प्रतिशतमा घटाउन माग

    4.7K
    Shares

    काठमाडौं । पेन्ट्स उद्योगहरुले पेन्ट्स बनाउन प्रयोग हुने कच्चा पदार्थ आयातमा ३० प्रतिशतसम्म लगाउँदै आएको भन्सारदर ५ प्रतिशतमा घटाउन माग गरेका छन् । बिहीवार काठमबाडौंमा पत्रकार सम्मेलन गरी पेन्ट्स उद्योग संघले तयारी वस्तु र कच्चा पदार्थको मूल्य एउटै भएको भन्दै पेन्ट्स बनाउन प्रयोग हुने कच्चा पदार्थ आयातमा ३० प्रतिशतसम्म लगाउँदै आएको भन्सारदर ५ प्रतिशतमा घटाउन माग गरेका हुन ।

    नेपाल पेन्ट्स उद्योग संघका अध्यक्ष विश्व प्रकाश साःखले नेपाल पेन्ट्समा आत्मनिर्भर भइसकेको भए पनि कच्चा पदार्थमा लाग्दै आएको भन्सार शुल्कले उद्योग सञ्चालनमा समेत समस्या भएको बताए । उनले सरकारले भन्सार शुल्क ३० प्रतिशत लगाउँदा बजारमा उपभोक्ताले मूल्य वृद्धिको मार खेप्नु परेको बताए ।

    साःखले नेपाल पेन्ट्समा आत्मनिर्भर हुँदै गएकाले विदेशबाट आउने तयारी पेन्ट्समा काउन्टर भेलिङ शुल्क लगाउन सुझाव दिए । उनले पेन्टसका लागि आवश्यक मुख्य कच्चा पदार्थको आयातमा तयारी उत्पादनकै वस्तुसरह भन्सार महशुल लाग्ने गरेको बताए । अध्यक्ष साःखले सरकारले ३० प्रतिशतसम्म भन्सार, ७ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट लगाउँदा उद्योगीलाई बाँच्न अप्ठ्यारो परेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend