logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पाल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु , दुई जना घाइते

    पाल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु , दुई जना घाइते

    4.3K
    Shares

    पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको चरचरेमा सामान बोक्ने गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बुटवलबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लु १ च ७७८० नम्बरको गाडी तिनाउ गाउँपालिका–५, चरचरेमा दुर्घटना हुँदा रामपुर नगरपालिका–३, गण्डकीढिक स्थायी घर भई रामपुर–५ बेझाड बस्ने सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको पाल्पाका प्रहरी उपरीक्षक जनक बहादुर शाहीले जानकारी दिए ।

    रामपुर नगरपालिका–३ का २७ वर्षका गाडी चालक खेमबहादुर खाम्चा र सोही स्थानका ४६ वर्षका टुकनारायण श्रेष्ठ घाइते भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend