logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • जिम्बावे ‘ए’ विरुद्धको खेलमा नेपालको खराब ब्याटिङ

    जिम्बावे ‘ए’ विरुद्धको खेलमा नेपालको खराब ब्याटिङ

    2.5K
    Shares

    काठमाडौं । जिम्बावे ‘ए’ विरुद्ध पहिलो एकदिवसीय क्रिकेटमा नेपालले खराब ब्याटिङ गरेको छ । त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नेपालले १८.१ ओभर हुँदा ७ विकेट गुमाएर ८४ रन बनाएको छ ।

    जिम्बावे ए का बलरको धारिलो बलिङ सामु नेपाली ब्याटर टिकेर खेल्न सकेका छैनन् । कुनै पनि खेलाडीले व्यक्तिगत २० रन बनाउन सकेका छैनन् । नेपालका लागि ओपनर कुशल भुर्तेलले १९ र दीपेन्द्र सिंह ऐरीले १८ रन बनाएर आउट भए ।

    पहिलो ओभरमै ३ चौकासहित १४ रन जोडेका कुशलले १० बल खेल्दै कुल चार चौका प्रहार गरे । दीपेन्द्रले २० बल खेल्दै ३ चौका प्रहार गरे ।

    आसिफ शेख र आरिफ शेख समान ५ रन बनाएर आउट भए भने रोहित पौडेलले ३ तथा आदिल आलमले २ रन बनाएर आउट भए । जिम्बावेका ब्राड एभान्सले ३, भिक्टोर न्याउचीले २ र ब्राण्डन मभुताले १ विकेट लिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend