logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • प्रतिगमनलाई परास्त गर्न बामपन्थी–प्रजातान्त्रिक गठबन्धन बनेको हो  : चित्रबहादुर केसी

    प्रतिगमनलाई परास्त गर्न बामपन्थी–प्रजातान्त्रिक गठबन्धन बनेको हो  : चित्रबहादुर केसी

    3K
    Shares

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलीय गठबन्धनभन्दा प्रतिगमन धेरै शक्तिशाली रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै केसीले प्रतिगमनलाई परास्त गर्न बामपन्थी–प्रजातान्त्रिक गठबन्धन बनेको बताए ।

    पाँच दलका बीच थुप्रै बेमेल रहे पनि प्रतिगमनविरुद्ध आफूहरु एक ठाउँमा उभिएको उनले प्रस्ट पारे । ‘हामी गणतन्त्रका लागि एक ठाउँमा छौं,’ उनले भने । गठबन्धनको यस्तो अभ्यास यसअघि पनि पटकपटक भइसकेको भन्दै उनले पञ्चायत विरोधी आन्दोलन, २०६२÷६३ को जनआन्दोलन समेत गठबन्धनकै बलमा परिणाममुखी भएको बताए ।

    ‘पाँच दलीय गठबन्धनले परिणाम देखाउँदै गएपछि अहिले प्रतिगमनकारीहरु अनेक आरोप लगाएर हिँडिरहेका छन्,’ उनले भने, ‘आफ्नै पार्टीभित्र त समस्या छ भने फरक विचार बोकेर हिँडेका पाँच दलभित्र प्रशस्त बेमेल छ तर पनि गणतन्त्र जोगाउने सवालमा हामी एक ठाउँमा छौं ।’

    उनले ‘एमसीसीको विरोध गर्ने चित्रबहादुर अहिले एमसीसी पारित गर्ने दलहरुसँगै मिलेको’ भनेर आफुप्रति आरोप लगाउनेलाई ‘प्रतिगामीका मतियार’ को संज्ञा दिए । उनले भने, ‘चित्रबहादुर गिरिजाबाबु, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहसँग पनि गठबन्धन गरेर हिँडेको थियो, आज शेरबहादुर, रामचन्द्रसँग पनि गरेर हिँडेको छ ।’

    कतिपय कुरामा बेमेल रहे पनि जनताको अधिकार, गणतन्त्र, संसदीय व्यवस्था जोगाउन आफू गठबन्धनमा आवद्ध भएको उनले बताए । ‘गठबन्धनभन्दा बलियो छ प्रतिगमन,’ उनले भने, ‘नेपालमा प्रतिगमन एक्लै छैन ।’

    २०७४ सालको निर्वाचनमा आफूहरुले एमालेसँग तालमेल गरे पनि प्रतिनिधिसभा विघटन गरेर संसदीय व्यवस्थालाई नै समाप्त पार्न खोजेपछि एमालेसँग नाता तोडेको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend