सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

बर्दियामा नुहाउने क्रममा बेपत्ता भएका पुरूष मृत फेला

बर्दियामा नुहाउने क्रममा बेपत्ता भएका पुरूष मृत फेला

काठमाडौं । बर्दियामा नुहाउने क्रममा बेपत्ता भएका एक पुरूष मृत अवस्थामा फेला परेका छन् । शनिबार बिहान १० बजे मधुवन नगरपालिका–३ धनौरा बस्ने २४ वर्षीय दिलिप थारू गेरूवाको शव कर्णाली नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी बल, गोताखोर र स्थानीयको टोलीले खोज्दा शनिबार शव फेला परेको हो ।

प्रहरीका अनुसार गेरूवा गत बिहीबार अपराह्न ४ बजे कर्णली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend